कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार टीकापुर नगरपालिका-१ समितिपुर बस्ने २३ वर्षीय संजय चौधरी लगायत ३ जनालाई पक्राउ गरिएको हो।
शनिबार उनीहरुबाट करिब २ सय ८० मिलिग्राम लागूऔषध बरामद गरिएको प्रहरीले बताएको छ। संजयको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।