काँग्रेस कैलाली अधिवेशनः मतदान सुरु, कति छन् मतदाता ?
धनगढीः नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। निर्वाचन समितिका अनुसार भर्खरै मतदान सुरू गरिएको हो। यसअघि निर्वाचन कार्यतालिकाअनुसार ११ बजेदेखि मतदान सुरू गर्ने भनिएपनि ढिलो मतदान सुरु भएको हो। नेतृत्व चयनको लागि धनगढीको रंगशालामा मतदान हुदैछ। मतदानमा २५७६ मतदाताले मतदान गर्ने बताइएको छ।
जिल्ला समितिका लागि संस्थापन पक्षबाट दुई र इतर पक्षबाट एक प्यानल चुनावी मैदानमा उत्रिएका छन्। संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा इतर पक्षबाट रामबहादुर कलेलको सभापतिमा उम्मेदवारी परेको छ। भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रशाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन्।
यस्तै बम प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी परेको छ। यस्तै इतर पक्षको कलेल प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय “आगो“, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिह र तीर्थराज जोशीको उम्मेदवारी परेको छ।