डडेल्धुराको बागबजार नजिकैको भिरबाट टिप्पर खस्यो, एकजनाको मृत्यु
डडेल्धुरा: डडेल्धुरा सदरमुकामको एउटा भिरबाट टिप्पर खस्दा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अजयमेरु गाउँपालिका–२ का २२ वर्षीय टिप्पर चालक दीपक ऐर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित सुकेधाराको भिरबाट उक्त टिप्पर खसेकाे हाे। दुर्घटनामा परी एक जना घाइते भएका छन्। दाङ घर भएका सहचालक १७ वर्षीय असिम चौधरी घाइते भएको डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए। उनकाे डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
सुप ००१क १८७९ नम्बरको उक्त टिप्परमा २ जना सवार रहेको बताइएको छ। टिप्पर करिब २०० मिटर खसेको स्थानीयले बताए।