सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उप–महानगरपालिकाको विकास बजेट ६ महिनामा ६ प्रतिशत खर्च

२०७५ माघ ८, ११:२३ खबर संवाददाता

सुदूरपश्चिमका स्थानीय तहमा सवै भन्दा बढि बजेट खर्चको जिम्मेवारी पाएको धनगढी उप–महानगरपालिकाको आर्थिक बर्षको ६ महिनाको प्रगति भने निराशाजनक रहेको छ। सेवा सुविधामा २६ करोड २९ लाख खर्च गरेको धनगढी उप–महानगरपालिकाले आर्थिक बर्षको ६ महिनामा ६ प्रतिशत विकास बजेट मात्रै खर्च गरेको छ। 
धनगढी उप–महानगरपालिकाको चालु आर्थिक बर्षमा १ अर्व ७९ करोड ३४ लाख बजेट मध्ये ८८ करोड विकास र ९० करोड चालु तर्फको बजेट रहेको छ। जस्मा अहिले सम्म ३२ करोड ४२ लाख अर्थात कुल बजेटको १८ प्रतिशत बजेट मात्रै खर्च भएको छ। ५ करोड अर्थात ६ प्रतिशत विकास बजेट खर्च भएको छ भने २६ करोड बढि अर्थात झण्डै ३० प्रतिशत सेवा सुविधा र कर्मचारी तथा जनप्रतिनिधिहरुको पारिश्रमीकमा चालु तर्फको बजेट खर्च भएको धनगढी उप–महानगपालिकाका लेखा अधिकृत चेतराज जोशीले बताए। 
जनप्रतिनिधि र कर्मचारीको भक्तामा चालु आर्थिक बर्षका ६ महिनामा २२ लाख ५१ हजार, कर्मचारी र जनप्रतिनिधिको पारीश्रमीकमा सवा ४ करोड, कर्मचारीको प्रोत्साहन र पुरस्कारका लागि साढे ३७ लाख, विद्युत, ईन्धन र टेलीफोनमा ३९ लाख खर्च भएको छ। यस्तै उप–महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले भ्रमणमा पनि २३ लाख बढि बजेट खर्च गरेका छन्। सवारी साधन मर्मत, मेशिनरी तथा औजार मर्मत लगायतका शिर्षकमा पनि ठुलो बजेट खर्च भएको छ। तर विकास निर्माणका योजना भने आर्थिक बर्षको ६ महिना सम्म पनि अगाडि बढ्न नसक्दा ८३ करोड बढि बजेट खर्च हुन बाँकी छ।
संघीय सरकारको विकासे योजनामा शुन्य प्रगति
धनगढी उप–महानगरपालिकाको बजेटमा ६ प्रतिशत विकास बजेट खर्च भएपनि संघीय सरकारबाट हस्तान्तरण भएका कार्यक्रममा भने विकास बजेट खर्च नै हुन सकेको छैन्। १७ करोड ४२ लाख चालु तर्फको बजेट खर्च भएको छ तर ३२ लाख ५१ हजार सडक र पुल निर्माणका लागि विकास बजेट दिएकोमा अहिले सम्म एक रुपैया पनि खर्च नभएको  धनगढी उप–महानगपालिकाका लेखा अधिकृत जोशीले बताए। 

योजना कार्यान्वयनको हुँदै
सुदूरपश्चिमभरीको एक मात्र उप–महानगरपालिका धनगढीले प्रदेशभरीका ८८ वटै स्थानीय तहमा सबैभन्दा बढि विकास बजेट कार्यान्वयनको जिम्मेवारी पाएको छ। अन्य स्थानीय तहको चालु र विकास बजेट बराबर धनगढी उप–महानगरपालिकाको विकास बजेट मात्रै छ। तर विकास बजेट खर्चको अवस्था हेर्दा अन्य स्थानीय तहको तुलनामा धनगढी उप–महानगरपालिका पछाडी देखिएको हो। उप–महानगरपालिकामा विकास र समृद्धिका योजना बाड्दै विजयी भएका ९७ जना जनपं्रतिनिधिहरु पनि छन् तर विकास बजेट कार्यान्वयन गर्दै विकासे योजना अगाडी बढाउने तर्फको ध्यान जान सकेको छैन्। तर धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत चक्रपाणी पाण्डेयले भने योजनाको निर्माण भर्खर सुरु भएकाले भुक्तानी नहुँदा बजेट खर्च नदेखिएको बताए। 
जनप्रतिनिधिहरुले गत आर्थिक बर्षमा पहिलो बर्ष सिकाईकै क्रममा रहेकाले विकासे योजना अगाडी बढाउन नसकेको भन्दै पन्छिएका थिए। दोश्रो आर्थिक बर्षमा पनि विकास बजेट कार्यान्वयन समेत हुन नसक्दा जनतामा भने समृद्धिको सपना पुरा हुनेमा आशंका बढ्दै गएको छ। 
 

कमेन्ट लोड गर्नुस