धनगढीमा बैतडी समाजको रक्तदान
धनगढीः धनगढीमा बैतडी समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। धनगढीस्थित नवजीवन नसिङ कलेजको मैदानमा आयोजित रक्तदान जारी रहेको बताइएको छ।
अहिलेसम्म करिव ६० जनाले रक्तदान गरिसकेको समाजका उपाध्यक्ष गजेन्द्र चन्दले बताए। बैतडी समाजले कैलाली लगायतका जिल्लाहरुमा सामाजिक तथा परोपकारी कार्यहरु गर्दै आउको उनले बताए।
यसअघि पनि समाजले धनगढीमा रक्तदानका कार्यक्रमहरु गर्दै आएको थियो।