सुदूर नेपाललाई विश्वसँग जोड्दै

शेखर समूहबाट सभापतिमा कलेल

२०७८ फाल्गुन १४, ०९:५८ खबर संवाददाता

धनगढी : नेपाली काँग्रेस कैलालीको १४औँ महाधिवेशनमा डा. शेखर कोइरालाको समूहबाट रामबहादुर कलेल जिल्ला सभापतिमा लड्ने भएका छन्। जिल्ला सभापतिसहित सबै पदमा प्यानलसहित कोइराला समूह निर्वाचनमा जाने भएको हो।

उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय (आगो), सचिवमा देवानन्द जैशी (सुवेदी) र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिंह र तिर्थराज जोशीले उम्मेदवारी दिने भएका छन्। काँग्रेसले आज उम्मेदवारी दर्ता गर्ने भएको छ भने १५ गते (भोलि) निर्वाचन छ।


 

कमेन्ट लोड गर्नुस