सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनको गुइझोउको कोइला खानीमा १४ कामदार फसे

२०७८ फाल्गुन १३, ०९:३३ रासस

चीनको गुइझोउ प्रान्तमा रहेको कोइला खानीमा १४ जना कामदार फसेको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएका छन्।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार दुर्घटना आज बिहान ८:४० बजे (स्थानीय समय) सान्हे शुन्क्सुन कोइला खानीमा भएको  जेनफेङ काउन्टीको प्रशासन गर्ने छियानसिनानको बोउयेई-मियाओ स्वायत्त प्रान्तको प्रचार विभागले जनाएको छ। त्यहाँ उद्धार कार्य जारी छ।
 

कमेन्ट लोड गर्नुस