धनगढी पुगेर खानेपानी मन्त्रीले भनेः एमसीसी संसदबाट पारित हुन्छ
धनगढीः संघीय खानेपानी मन्त्री उमाकान्त चौधरीले एमसीसी प्रतिनिधिसभाबाट पारित हुने बताएका छन्। शुक्रबार धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा चौधरीले एमसीसी विशुद्ध अनुदान परियोजना भएकाले संसदबाट पारित हुने बताएका हुन्।
यस्तै एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको उनले बताए। अब नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी दल एमालेसँग सहकार्य गर्ने उनको भनाइ छ। लोकतन्त्रमा सबै विकल्प सम्भव हुने उनको दाबी छ।