सिप्रदीले ल्यायो नयाँ मोडेलको अत्याधुनिक ट्रक
धनगढी: सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेड शाखा कार्यालय धनगढीले सिग्ना २५१८÷६८४ मोडेलको टाटा ट्रकको उद्घाटन गरेको छ।
बुधबार धनगढीमा नेपाल ट्रक व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष उकेन्द्र विष्ट, सुदूरपश्चिम संयोजक मेखराज भट्ट र सेती महाकाली ट्रक व्यवसायी संघका अध्यक्ष चेतराज जोशीले नयाँ मोडेलको ट्रकको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
सिप्रदीका क्षेत्रीय सेल्स मनेजर मेघराज डाँगीले नयाँ मोडेलको ट्रकको विभिन्न विशेषताबारे जानकारी गराएका थिए। अन्य ट्रकको तुलनामा यो ट्रक अब्बल रहेको डाँगीले जनाएका छन्। ट्रकमा कुमिन्स बी ५ ९ १८० बीएस थ्री इन्जिन रहेको, हर्सपावर १८० एयाट २५०० आरपिएम, टोरक्यू ६५८ एनएम एयाट १४०० आरपिएम, ८ स्डि ८ ७५०, गेयरबक्स(६एफ प्सल १आर), क्लज ३८० एमएम डायमिटर रहेको छ।
गाडीमा अत्याधुनिक सिग्ना क्याबिन रहेको चालक र सहचालकका लागि आरामदायी सिट रहेको दाबी डाँगीको छ। नयाँ मोडेलको ट्रक सुविधाजनक र उपयुक्त मूल्यमा सिप्रदीका आधिकारिक डलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।