पलविरुद्ध उजुरीपछि पीडितले गराइन् ‘मेडिकल चेकअप’
काठमाडौंः अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी १७ वर्षीया गायिकाले मेडिकल चेकअप गराएकी छन्। ती गायिकाले शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन्। त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन्।
एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ। उनले शाहले आफूलाई फकाएर करणी गरेको दाबी गर्दै आएकी छन्।