सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका सांसदहरुको घर–घरमा ब्यानर, एमसीसी पास नगर्न चेतावनी

२०७८ फाल्गुन ११, ०५:५० खबर संवाददाता

कञ्चनपुर: अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा नलाग्न भन्दै कञ्चनपुरबाट सांसद बनेकाहरुको घरमा ब्यानर टाँगिएको छ। अखिल (क्रान्तिकारी)ले एमसीसी पास गराइयो भने जिल्लामा नआउन चेतावनी दिँदै ब्यानर टाँगेको हो।

प्रतिनिधि सभाकी सांसद निरुदेवी पाल र दिपक प्रसाद भट्टको घरमा उक्त ब्यानर टाँगिएको अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा सुदूरपश्मि प्रदेश इन्चार्ज प्रकाश जप्रेलले बताए।  अमेरिकाको अगाडि घुँडा नटेक्न भन्दै सांकेतिक रुपमा चेतावनी दिइएको उनले बताए। 

कमेन्ट लोड गर्नुस