गृहमन्त्रीको पुत्ला दहन
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गृहमन्त्री खाँणको पुत्ला दहन गरेका हुन्।
अमेरिकी सहयोग परियोजना एमएसीसीको विरोधमा बानेश्वरबाट निस्किएका विद्यार्थी नेताहरुले बानेश्वरमा गृहमन्त्री खाँणको पुत्ला जलाएका हुन्। विद्यार्थीहरुले गृहमन्त्रीको पुत्ला जलाउँदा प्रहरीको उपस्थिति चाहिँ त्यहाँ थिएन।
एमसीसी आइतबार प्रतिनिधिसभामा टेबल भएको छ।