सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरे क्षेत्रका अन्य सामुदायिक वनमा पनि छानविन सुरु

२०७५ माघ ७, १०:४४ नवराज पनेरु

कैलालीको चुरे गाउँपालिकामा रहेको शिद्ध प्रगतिशिल सामुदायिक बनमा अवैध रुपमा रुख कटानी भएको फेला परेपछि अन्य सामुदायिक बनमा पनि छानविन सुरु गरिएको छ। वन डिभिजन कार्यालय कैलालीले सडक निर्माणको नाममा अवैध रुपमा रुख कटानी भएको आशंकमा शिद्ध प्रगतिशिल बाहेकका अन्य सामुदायिक बनमा पनि छानविन सुरु गरेको हो। शिद्ध प्रगतिशिल सामुदायिक बनमा अव्ेध रुपमा रुख काटेको फेला परेपछि सामुदायिक बनका अध्यक्ष हर्क वहादुर साउद र सडक निर्माण समितिका अध्यक्ष ज्ञानसिह धामीलाई हिरासतमा वन डिभिजन कार्यालयले हिरासतमा राखेको छ। 

अन्य सामुदायिक बनको छानविनका लागि वन डिभिजन कार्यालयले ईलाका बन कार्यालय खानीडाडालाई पत्र लेखेको छ भने चुरे गाउँपालिकालाई समन्वयनका लागि आग्रह सहितको पत्र पठाएको छ। अन्य सामुदायिक बनमा समेत अवैध रुपमा रुख काटेको आशंकामा छानविन गर्न आज सशस्त्र प्रहरी सहित वनका प्राविधिकहरुको टोली पनि चुरे क्षेत्रमा गएको छ। शिद्ध प्रगतिशिल सामुदायिक बनमा छानविनका क्रममा झण्डै २ दर्जन बढि रुखहरु टाँचा नलगाएका कटान गरेको फेला पारेको थियो भने रुख काटेर जरा माटोले लुकाईएको पनि फेला परेको थियो। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस