नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
चितवन: नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आँपटारीका जीवन पौडेल रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार सोही ठाउँकी छ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय पौडेललाई शनिबार पक्राउ गरिएको हो।
पौडेललाई जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिए। नाबालिकाकी आमाले आज जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी निवेदन दिएका हुन्। भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले पौडेल भरतपुर महानगरपालिकाअन्तर्गत वडा नं २९ मा सबइञ्जिनीयर पदमा कार्यरत रहेको जानकारी दिए।