सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा महिलाका लागि निःशुल्क बन्ध्याकरण शिविर आयोजना हुने

२०७८ फाल्गुन ८, ०४:१३ खबर संवाददाता

धनगढी: कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीले महिलाका लागि निःशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर आयोजना गर्ने भएको छ। भोलि फागुन ९ गतेदेखि १३ गतेसम्म उक्त शिविर आयोजना हुने अस्पतालले जनाएको छ।

बन्ध्याकरण गराउन इच्छुक महिलाले अस्पतालको संस्थागत क्लिनिक(एससिएच भवन) मा सम्पर्क गर्न आग्रह गरिएको छ। 

कमेन्ट लोड गर्नुस