एमालेको अवरोधबीच एमसीसी टेबल गर्नु आपत्तिजनकः भीम रावल
काठमाडौंः नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहयता परियोजना (एमसीसी) टेबल गर्न खोजिएकोप्रति आपत्ति जनाएका छन्। रावलले प्रमुख प्रतिक्षको अवरोधबीच एमसीसी टेबुल गर्नु आपत्तिजनक रहेको बताए।
‘विपक्षी पार्टीले विरोध गरिरहेका बेला एमसीसी कसरी अगाडि बढ्छ ?’, रावलको भनाइ छ, ‘सरकारमा रहेका दलहरुबीच सहमति नभइरहेको अवस्थामा जनताको भावना विपरित टेबुल गरिने कुरा आपत्तिजनक छ।’ एमसीसीको विरोधमा भइरहेका आवाजलाई बेवास्ता गर्दै एमसीसी टेबल गरिनु गलत रहेको रावलको भनाइ छ।