सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका गाउँमा जङ्गली हात्ती

२०७८ फाल्गुन ७, ११:५२ खबर संवाददाता

धनगढी : कञ्चनपुरको पुनर्वासमा जङ्गली हात्ती गाउँ पसेको छ। पुनर्वास नगरपालिका २ अमरैयामा जङ्गली हात्ती पसेको बताइएको छ। 

शनिबार (आज) बिहान दोदा नदी नजिक खल्लामा गहुँ तथा उखु बाली खाइरहेको अवस्थामा हात्ती देखिएको जनाउँदै कुण्डा सब डिभिजन वन कार्यालय पचकडीयाले स्थानीयलाई सचेत रहन आग्रह गरेको छ। कार्यालय प्रमुख दिनेश कुमार यादवका अनुसार हात्तीलाई लालझाडी वन क्षेत्रमा प्राकृतिक वासस्थानतर्फ फर्काउन वन कर्मचारी र नेपाल प्रहरीको टोलीले प्रयाश गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस