सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७८ फाल्गुन ६, ०५:५२ रासस

काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने थप दुई जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ९१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा सपीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७५ हजार १३२ पुगेको छ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ४१२ रहेको छ। पछिल्लो समय थप दुई हजार ४५४ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ४८ हजार ७८४ पुगेको छ। यो दर ९६ दशमलव ३ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ। 

दुईको मृत्यु 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९१३ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दूई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। यस रोगबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ। त्यसैगरी पछिल्लो समय  एक लाख २४ हजार ८६७ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ४३५ रहेको छ। अहिले होम आइसोलेशनमा १३ हजार ८२८ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेशनमा ६०७ आइसीयुमा १४४ र भेन्टिलेटरमा २३ जनाले उपचार गराइरहेका छन्। 

कमेन्ट लोड गर्नुस