सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार महासंघ डडेल्धुराप्रति भण्डारीको आपत्तिः एकलौटी पूर्वाग्रह राखियो

२०७८ फाल्गुन ४, ०६:१९ खबर संवाददाता

धनगढीः नेकपा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य नवराज भण्डारीले नेपाल पत्रकार महासंघको डडेल्धुरा शाखाले आफूप्रति पर्वाग्रह राखेर क्रियाकलाप गरिरहेको बताएका छन्। भण्डारीले आज (बुधबार) एक विज्ञप्ती जारी यस्तो बताएका हुन्। 

उनले जारी विज्ञप्तीमा भनिएको छ, ‘महासंघको जिल्ला कार्य समितिले २०७८÷११÷०३ गतेका दिन सचिव पुस्कर भण्डारीको नामबाट जारी प्रेस विज्ञप्ती मार्फत म नवराज भण्डारीलाई लक्षीत गरी एकलौटी पुर्वाग्रहपूर्ण विज्ञप्तीका उल्लेखित शब्दबाट म स्तब्द भएको छु। प्रेस चौतारी नेपाल डडेल्धुरा शाखाको जिल्ला अधिवेशनमा मैले गरेको शुभकामना मन्तव्य नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखा र अन्य कुनै पनि संगठन संग सम्बन्धित नरहेको स्पष्ट पार्न चाहन्छु। नेपाल पत्रकार महासंघको वर्तमान अध्यक्ष हिक्मत सिंहले प्रेस चौतारीको जिल्ला अधिवेशनको खुल्ला सत्रमा  शुभकामना दिदा प्रेस चौतारीका साथीहरुलाई लक्षित गरि पुर्वाग्रह रुपमा राजनिती नगर्न र संगठनका साथिहरुलाई उक्साउने उत्तेजना पूर्ण भाषण गरेका कारण स्वभाविक प्रतिकृया स्वरुपको मेरो मन्तव्य हो। डडेल्धुरामा कृयाशिल पत्रकारहरुलाई लक्षित गरी कुनै मन्तव्य आफुले नदिएको तर विगत ३ बर्ष अगाडी बैतडी शाखाबाट गैर पत्रकारलाई सदस्यता दिने चुनावलाई लक्षित सदस्यता डडेल्धुरा शाखामा सार्ने गतिविधिविरुद्ध म पहिले पनि अहिले पनि निरन्तर बोलिरहेको छु। यो कुराले कुनै सम्प्रदाय वा विखण्डनलाई फाईदा गर्दैन बरु डडेल्धुराका लामो समय देखि कृयाशिल पत्रकारहरुलाई पत्रकार महासंघमा काम गर्दा गर्दै जिम्मेवारीबाट बिमुख गराउने  घटनाले अपमान भएको महसुस भएको छ। वर्तमान अध्यक्ष हिक्मत सिंहले फेसबुकमा मलाई लक्षित गरी विभिन्न स्टाटस लेखेका छन्। यस्ता स्टाटसबाट आफु कतै पनि विचलित नरहेको स्पष्ट पार्छु। स्टाटस आफूसंग सुरक्षित रहेको र आवश्यक परे न्यायको ढोका ढकढक्याउने जानकारी गराउछु। जिल्ला शाखाको भवन निर्माण सन्र्दभमा भवन निर्माण समितिको म संयोजक रहदा देशमा लकडाउन थियो। भवन निर्माणको १५ लाख रकम फ्रिज हुने अवस्था आएपछि जेठ मसान्तमा सम्झौता गरी २०७६÷०७७ को सम्पूर्ण काम र दुई तल्ले भवन सम्पन्न गरी कागज पत्र लेखापरीक्षण प्रतिवेदन तत्कालिन कार्यसमितिका अध्यक्ष मान बहादुर साउँद समक्ष पेश गरेको कार्यसमितिबाट पारित गरि जिल्लाको बन्द सत्रमा समेत पास भएको र कार्यसमितिका कोषाध्यक्ष हरिष चन्दले बिल भरपाई कागजपत्र पटक पटक बुझाउन खोज्दा डडेल्धुरा शाखा कार्यालयमा पत्रकार महासंघका अध्यक्ष हिक्मत सिंहले हामीलाई बोलाउने आफू मोबाइल अफ गरेर बस्ने गरेको जिल्ला कार्यसमितिका उपाध्यक्ष गणेश रोक्का सचिव तपाई पुस्कार भण्डारी अहिलेका प्रेस चौतारीका अध्यक्ष लोकेन्द्र ओझा साँक्षी छन्। म संयोजक रहदा रहदै मलाई जानकारी नगराई नयाँ निर्माण कार्यसमिति चयन गर्ने प्र्रवृति सरासर गलत हो जसका कारण मैले माइनुट हस्तान्तरण गर्ने मौका नै पाएन। नेकपा एमाले फुट संग सम्बन्धित मैले बोलेका कुरा पत्रकार महासंघ संग सम्बन्धित नरही नितान्त हिक्मत सिंह संग सम्बन्धित बिषय हुन। म माथि लगाएका निराधार आरोप र फेसबुक स्टाटस प्रमाणित गर्न हिक्मत सिंहलाई चुनौती दिन चाहन्छु। महासंघ संग सम्बन्धित अरु छलफलहरुमा जुनसुकै बेला पनि उपस्थित हुन तयार छु। अनावश्यक बिषय बस्तु सृजना गरेर ध्यान अन्तै मोड्ने कुरा प्रति म सचेत छु। कुनै ब्यक्ति कसैलाई मन नपर्न सक्छ पत्रकार महासंघ सबैको सझा संस्था हो। पत्रकार महासंघको गरिमामा आँच आउने काम स्वयम वर्तमान अध्यक्षका अभिव्यक्ति र फेसबुक स्टाटस बाट प्रमाणित हुन्छ। म पत्रकार महासंघको जमिन खोज्ने शिलन्यास गर्ने देखि २ तल्ला भवन निर्माण गर्ने अवसर पाएको ब्यक्ति हु। हामीलाई  यो अभियानमा पटक पटक सहयोग गर्ने सिनियर पत्रकार र डडेल्धुराका सम्पूर्ण कृयाशिल पत्रकार साथिहरुलाई धन्यवाद दिन चाहन्छु।

कमेन्ट लोड गर्नुस