सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप २४ जनामा कोरोना पुष्टि

२०७८ फाल्गुन ३, ०४:५८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ८०८ जनाको एन्टिजेन र ९५ जनाको पीसीआर परीक्षण गर्दा आज २४ जनामा संक्रमण पुष्टि भएको हो। निर्देशनालयका अनुसार प्रदेशमा १ हजार २९८ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये २७ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा एक संक्रमितको मृत्यु भएको छ। मंगलबार कैलालीको गोदावरी नगरपालिका १ बस्ने ६८ वषीय पुरुषको मृत्यु भएको हो।  उनी क्षयरोग र दम सम्बन्धी समस्याका विरामी समेत थिए। गत महिनाको २६ गते उनको परीक्षण गर्दा कोभिड रिपोट पोजेटिभ भई कोरोना अस्पताल धनगढीमा उपचाररत थिए। 
 

कमेन्ट लोड गर्नुस