सुदूर नेपाललाई विश्वसँग जोड्दै

पछिल्लो २४ घण्टामा देशभर ७४७ संक्रमित थपिए, ८ को मृत्यु

२०७८ फाल्गुन २, ०४:५२

धनगढी : पछिल्लो २४ घण्टामा देशभर ७४७ जना कोरोनाभाइरसका नयाँ सक्रमित थपिएका छन्। सोही अवधिमा २३१९ जना निको भएर घर फर्किएका छन। यस्तै सो अवधिमा ८ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९६ जनामा नमुना परीक्षण भएको थियो। 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९३ हजार ५४१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ६७७ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ९ लाख ४० हजार ९०२ जना निको भएका छन्। 

यस्तै हालसम्म कोरोनाबाट कुल ११ हजार ९०० जनाको मृत्यु भएको छ। हाल देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस