सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिमका प्रमुख सचिवको सालिनताभित्र लुकेको दम्भ

२०७५ माघ ५, ११:५७ खबर संवाददाता

कुनै समय कैलालीको प्रमुख अधिकारीको रुपमा जिल्लामा वसिसकेका नारायण प्रसाद विडारी अहिले सुदुरपश्चिम प्रदेशको प्रमुख सचिवका रुपमा धनगढी आएका छन्। तत्कालीन माओवादी केन्द्रप्रति आस्था राख्ने विडारी पार्टीकै लाईन अनुसार शक्ती प्रयोग गर्दै धनगढीमा प्रमुख सचिवका रुपमा कार्यरत रहँदै आएका छन्। झट्ट हेर्दा उनी भद्र जस्तो देखिन्छन्। सानो स्वरमा सालिनतापुर्वक बोल्छन्। बोलाईमा धेरै चिल्लो घस्छन्। लाईन अनुसारको सेटिङ मिलाएर सवैलाई खुशी बनाउनु उनको सवैभन्दा ठुलो खुवी हो। तर सालिलनता पुर्वक बोलेर सवै सामु राम्रो बन्ने विडारी प्रशासनिक क्षेत्रमा क्रुर र शासक शैलीका प्रशासकको रुपमा चिनिदै आएका छन्।  

विडारी जुन ठाउँमा काम गर्न जान्छन्, कर्मचारीहरु उनीसँग काम गर्न मान्दैनन्। आफु शासकको शैलीमा वसेर कर्मचारीलाई थर्काउने धम्काउने गर्दै आफ्नो धाक जमाउने प्रवृतिका उनी सवै क्षेत्रमाथि त्यसरी नै क्रुरता देखाएर दम्भ देखाउने गरेका छन्। सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्का अनियमितता गराउने गर्न लगाउने मन परेका कर्मचारीदेखि मुख्यमन्त्री र उनका आसेपासेलाई प्रक्रिया मिलाएर खुशी बनाउँदै आएका उनी धेरै कर्मचारीसँग अभद्र व्यवहार गर्दै थर्काउने हेप्ने गरिरहेको पिडित कर्मचारीहरु बताउँछन्। यति मात्रै होईन उनले ऐन कानुनले दिएका सुचना लुकाउँदै आम नागरिकलाई सुचनाको हकबाट प्रतिवन्द लगाउन समेत उनी पछि परेनन्। 

माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य बनेका रामनारायण विडारीका भाई हुन् नारायण विडारी। तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राईट हेण्ड मध्येका एक हुन् रामनारयण, जो खरो रुपमा प्रतिनिधि सभाको वैठकमा कुरा समेत राख्ने गरेका छन्। पार्टीका शिर्ष नेताको आर्शिवाद र दाईको शक्तीको आँडमा नारायण प्रसाद विडारीको दम्भ झन् झन् वढ्दै गएको हो। जस कारण विधि र विधान ऐन र कानुन अनुसार दिनुपर्ने सुचना दिनुको सट्टा त्यसलाई रोक लगाउन पनि पछि परेनन्। 
कैलालीको प्रमुख जिल्ला अधिकारी रहँदा जग्गा किनवेचको विवादमा फसेपछि सरुवा गरिएका विडारी वाणिज्य विभागको महानिर्देशक बनेका थिए। उनले त्यहाँ रहँदा मोटो रकम कमाएका मात्रै थिएनन् की मन्त्रीदेखि पार्टीका कार्यकर्ताहरुको पनि गोजी भरेर खुशी बनाएका थिए। जस कारण उनी वाणिज्य विभागमा लामो समय टिकेका पनि थिए। त्यहाँ रहँदा उनले नायव सुब्बा पदमा कार्यरत दिनेश पोखरेललाई नमस्कार नगरेको भन्दै जागीर चट् गर्ने भन्दै स्पष्टीकरण पनि सोधेका थिए। उनको क्रुरता वढ्दै गएपछि पोखरेल सरुवा मागेर अन्यत्र गएका थिए। उनी अहिले जिल्ला मालपोत कार्यालय सुनसरीमा कार्यरत रहेका छन् । विभागमा उनले धेरै कर्मचारीलाई होच्याउने काम समेत गरेका थिए। वाणिज्य विभागबाट घरेलु विभाग हुँदै उनी रक्षा मन्त्रालय पुगेका थिए। 
संघीयता अनुसार सुदुरपश्चिम प्रदेशको प्रमुख सचिवको रुपमा लक्ष्मिराम पाैडेले अाएका थिए। सचिवमा प्रदीपराज कर्णेल आएका थिए। निजामति सेवाका उदाहरणीय कर्मचारीको रुपमा प्रशासनकीय क्षेत्रमा प्रवेश गर्दा कर्णेलको वारेमा पढ्नु समेत पर्छ। उनले आफुले काम गरेका धेरै ठाउँमा उदाहरणीय काम गरेका छन्। तर पार्टीगत रुपमा विडारी शक्तीको आँडमा प्रमुख सचिवको रुपमा आए तर उनको दम्भ र घमण्ड अहिले पनि उस्तै छ। सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा दिनेश खबरकर्मीले निवेदन दर्ता गरेका थिए । सुचनााको हक अनुसार माग गरेको सुचना दिनुपर्ने र त्यसका लागि अधिकतम १५ दिनको समय दिईएको हुन्छ । त्यो समयमा सुचना तयार थियो। कर्मचारीहरु पनि दिन तयार थिए। तर नारायण प्रसाद विडारीले आम नागरिकको सुसुचित हुने अधिकारमा अंकुस लगाएका छन् । 

माग गरे अनुसारको सुचना नदिएपछि दिनेश खबरकर्मी जनक विष्टले सुचना नदिनुको कारण माग गरे तर उनले क्यामेरा छ भन्दैमा जे पायो त्यही सोध्ने भन्दै खिचिरहेको क्यामेरा फाल्नुका हातपात र दुव्र्यवहारको प्रयास गरे। हात तानेर कार्यकक्षबाट सँगै रहेका माउण्टेन टिभिका संवाददाता पदमराज भट्टलाई निष्कासन गरे। कार्यकक्षमा पद र शक्तीको दम्भ देखाउँदै पत्रकारद्धयलाई गरेको हातपात र दुव्यहारको भिडियो हुँदा हुँदै पनि उनी अहिले त्यसलाई स्वीकार गर्न तयार छैनन्। घटनाको पत्रकार महासंघ लगायतका संघ संस्थाले विरोध र भत्र्सना गरेका छन। घटना भएको दोस्रो दिन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराको उपस्थितिमा नेपाल पत्रकार महासंघ कैलाली शाखा प्रेस युनियन लगायत सञ्चारकर्मीसँगको छलफलमा प्रमुख सचिव विडारीले विज्ञप्ती जारी गर्दै सार्वजनिक रुपमा माफी माग्न तयार भए।

सुचनाको हक अनुसार सवैलाई सहज सुचना दिनका सहमति जनाउँदै घटनाको क्ष्मतायाचान गर्ने भनियो। तर उनले साँझ जारी गरेको विज्ञप्ती सहमति अनुसारको थिएन्। उल्टै आफूसँग सम्बन्धित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै लेखाएपछि पत्रकारहरु उनको दादागिरी देखेर छक्क परेका छन्।  प्रेस वक्तव्य नै जारी गरेर माफी माग्ने भनेका प्रमुख सचिव विडारीले प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेका व्यक्तीको नाम, थर समेत नखुल्ने गरी गल्ती लुकाउन खोजेर संविधानले प्रदत्त गरेको सुचना दिन प्रतिवन्ध लगाउनु लोकतन्त्रको घाँटी निमोठ्ने काम भएको टिप्पणी पनि हुन थालेको छ। 

कमेन्ट लोड गर्नुस