सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा ७४७ संक्रमित थपिए, ८ को मृत्यु

२०७८ फाल्गुन २, ०४:४४ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २३१९ जना निको हुँदा ८ जनाले भने ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९६ जनामा नमुना परीक्षण भएको थियो। 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९३ हजार ५४१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ६७७ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ९ लाख ४० हजार ९०२ जना निको भएका छन्। यस्तै हालसम्म कोरोनाबाट कुल ११ हजार ९०० जनाको मृत्यु भएको छ । हाल देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन्। 
 

कमेन्ट लोड गर्नुस