धनगढीको सानदार ममले वार्षिकोत्सवमा ल्यायो यस्तो अफर
२०७८ माघ २५, ०२:३०
धनगढीः धनगढीको सानदार ममले आफ्नो वार्षिकोत्सवको अवसरमा नयाँ अफर ल्याएको छ। धनगढी चौराहमा रहेको शाखाले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा चार प्लेट मममा एक प्लेट निशुल्क दिने अफर ल्याएको हो।
‘हामीले चौराहको शाखा सुरुवात गरेको एक वर्ष पूरा भएको छ,’ सञ्चालक केशव महराले भने, ‘आजदेखि एक सातासम्म चार प्लेटमा एक प्लेट फ्री छ।’
उनले आउने दिनमा पनि सबै सेवाग्राहीलाई सहयोग गरिदिन आग्रह समेत गरेका छन्।
कमेन्ट लोड गर्नुस