ओरालो लाग्दै सङ्क्रमण, एक हजार ७१४ सङ्क्रमित थपिए
काठमाडौँ: पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण ओरालो लाग्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज आठ हजार ५३१ नमूना परीक्षण गर्दा एक हजार ७१४ मा सङ्क्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा हालसम्म पीसीआर विधिबाट नौ लाख ६५ हजार २२२ र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख ३४ हजार ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार ७८० छ।
आज चार हजार ७७१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। हालसम्म नौ लाख ६३९ कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज सङ्क्रमणबाट नौ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोना सङ्क्रमणबाट ११ हजार ८०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।