एचआईभीको नयाँ भेरियन्ट भेटियो, खतरनाक रहेको दाबी
काठमाडौंः नेदरल्याण्डमा एचआईभीको नयाँ भेरियन्ट भेटिएको छ। नयाँ भेरियन्ट भीबी पुरानो भन्दा निकै तीव्र गतिमा फैलने र शरीरको प्रतिरोधात्मक क्षमतालाई छिटै नोक्सान पुर्याउने भारतीय बेलायती सञ्चारमाध्यम डेलीमेलले जनाएको छ।
नेदरल्याण्डमा मात्रै एक सय ९ जनामा नयाँ भेरियन्ट देखिएको छ। अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनमा नेदरल्याण्डमा भेटिएको एचआईभीको नयाँ भेरियन्ट निकै खतरनाक रहेको खबरमा उल्लेख छ। संक्रमितको रगतमा भाइरसको मात्रा पहिले भन्दा साढे तीनदेखि साढे पाँच प्रतिशतसम्म धेरै रहेको पाइएको र रोग प्रतिरोधात्मक क्षमता निकै गुमाएको पाइएको छ। तर उपचारपछि संक्रमितको अवस्थामा धेरै सुधार भइरहेको खबरमा उल्लेख छ।