सुदूर नेपाललाई विश्वसँग जोड्दै

जसपाका केन्द्रीय सदस्य सिंह नेकपा माओवादीमा प्रवेश

२०७८ माघ २२, ११:५० खबर संवाददाता

धनगढी: डडेल्धुराबाट जनता समाजवादी पार्टी, नेपाल(जसपा) का केन्द्रीय सदस्य रहेका लक्ष्मण सिंह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। शनिबार नेकपा माओवादी केन्द्रको प्रदेश कार्यालय धनगढीमा प्रदेश इन्चार्ज खगराज भट्टले उनलाई पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेशपछि दिनेश खबरसँग कुराकानी गर्दै सिंहले आफूसँग रहेको सिंगो टिम नै माओवादीमा प्रवेश गर्ने बताए। ‘म सँग रहेका ५० जनाको टिम जिल्ला गएपछि पार्टीमा प्रवेश गर्छन्। पछि जिल्लाका करिब ७ सय कार्यकर्ता पनि माओवादीमा आउँछन्’ उनले भने। लक्ष्मण सिंहलाई कुनै जिम्मेवारी दिने छलफल भइरहेको नेकपा माओवादी केन्द्र डडेल्धुराका अध्यक्ष मान सिंह मालले बताएका छन्। सिंह जसपाअगाडि नेपाली कांग्रेसबाट सक्रिय राजनीति गर्दै आएका थिए। 

कमेन्ट लोड गर्नुस