सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइपीएलमा सन्दीपको न्यूनतम मूल्य ६४ लाख

२०७८ माघ १८, ०३:०४ खबर संवाददाता

काठमाडौं : १५औ संस्करणको इन्डियन प्रिमियर लिग ९आइपीएल०का लागि नेपालबाट एक खेलाडी मात्रै अक्सनमा जाने भएका छन्। बीसीसीआईले मंगलबार अक्सनका लागि सार्वजनिक गरेको खेलाडीको सूचीमा नेपालबाट सन्दीप लामिछाने मात्रै परेका हुन्। 

नेपालबाट अक्सनका लागि १५ खेलाडीले नाम दर्ता गराएकोमा सर्ट लिस्टमा सन्दिप मात्रै परेका हुन्। लामिछानेबाहेक आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशान भारी, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले नाम दर्ता गराएका थिए।  

लामिछानेले मेगा अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारु ९६४ लाख नेपाली रुपैयाँ० तोकेका छन्। 

कमेन्ट लोड गर्नुस