सहिद दिवसको अवसरमा बैतडीको दशरथचन्दमा सार्वजनिक बिदा
बैतडी: आइतबार बैतडीको दशरथचन्द नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले सहिद दिवसको अवसरमा आज नगरपालिकाभित्र सार्वजनिक बिदा दिएको हो। देशका अमर सहिदहरूको सम्झनामा सार्वजनिक बिदा दिइएको र भव्यताका साथ दिवस मनाउन समेत नगरपालिकाले आग्रह गरेको छ।
यसैबीच सहिद दशरथचन्दको जन्मभूमी बैतडीमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको सहिद दिवस मनाइएको छ। कोरोना भाइरसका कारण सिमित मानिसको उपस्थितीमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको सहिद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए।