डोटीमा बदेल आतंक, दुइ दिनमा ३ घाइते
डोटीः डोटीको आदर्श गाउँपालिकामा बदेलले आतंक मच्चाएको छ। दुइ दिनयता बदेलले गाउँपालिकाको वडानम्बर ४ मा मात्रै ३ जनालाई आक्रमण गरिसकेको छ।
बिहिबार बदेलको आक्रमणबाट २ जना घाइते भएकोमा शुक्रबार थप एक जनालाई बदेलले आक्रमण गरेको छ। बिहिबार हन्नेकाँडामा बदेलले स्थानीय १५ वर्षीय गणेश नेपालीलाई घाइते बनाएको थियो। आक्रमणबाट घाइते नेपालीलाइ उपचारका लागि काठमाडौं लगिरहेको आफनतले बताएका छन्। यस्तै सोही दिन आक्रमणबाट १२ वर्षीय सुरेश बिष्ट पनि घाइते भएका थिए। उनको अहिले दिपायलमा उपचार भइरहेको छ।
यस्तै आज फेरि बदेलको आक्रमणमा परि ५८ वर्षीय केशवराज ओझा पनि घाइते भएका छन्। ओझालाई उपचारका लागि दिपालय लगिएको बताइएको छ। बदेलले आतंकपछि स्थानीय त्रसित बनेका छन्।