जिल्ला अस्पताल डोटीमा कार्यरत कार्यालय सहयोगी मृत फेला
२०७८ माघ १४, ११:५७
धनगढी : जिल्ला अस्पताल डोटीमा कार्यरत एक कार्यालय सहयोगी मृत फेला परेका छन्।
शुक्रबार दिपायल सिलगढी नगरपालिका-७ उडीतोलाका ४५ वर्षीय भक्त कोली मृत फेला परेको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमर भाटले बताए। अस्पतालमा शव पोस्टमार्टम गर्दा चिरफारको काम गर्दै आएका उनी मुख्य सडकबाट जिल्ला अस्पताल जाने बाटोको चोकमा मृत फेला परेको भाटले बताए।
कमेन्ट लोड गर्नुस