सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा थप ५५८ जनामा कोरोना, करिब ५ हजार संक्रिय संक्रमित

२०७८ माघ १३, ०५:३४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा थप ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ६ सय ६ जनाको एन्टिजेन र ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा आज ५५८ जनामा संक्रमण पुष्टि भएको हो। 

आज संक्रमण पुष्टि भएकामध्ये सय जना भने आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ९१८ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ९९२ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ११७ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।

यसैगरी प्रदेशमा थप एक संक्रमितको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका–५ का ६२ वर्षीय पुरुषको सेती अस्पतालमा मृत्यु भएको हो। 
 

कमेन्ट लोड गर्नुस