बैतडीबाट बेपत्ता भएकी बालिका फेला, भारत लैजान खोज्ने पक्राउ
काठमाडौं: बैतडीबाट हराइरहेकी बालिकाको उद्धार गरिएको छ। माघ ७ गतेदेखि बेपत्ता भएकी बालिका वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटमा फेला परेकी हुन्। भारत लैजान लागिएको अवस्थामा ती बालिकाको सोमबार उद्धार गरिएको पर्सा प्रहरीले जनाएको छ। ती बालिकालाई भारत लैजान खोज्ने अर्घाखाँची सन्धिखर्क–७ का २८ वर्षीय राजु अधिकारीलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
ती बालिकासँग अधिकारी एक महिनाअघिदेखि फोन सम्पर्कमा थिइन्। फोनमै चिनजान गरी बालिकालाई अधिकारीले भेट्न बोलाएको प्रहरी अनुसन्धानबाट खु्लेको छ। अहिले बालिका माइती नेपालसँग छिन्।