सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा आइतबार भेटिएको युवकको शवको अझैँ पहिचान भएन

२०७८ माघ १२, ०८:५० खबर संवाददाता

धनगढी : बैतडीमा आइतबार भेटिएको एक युवकको शवको अझैँ पहिचान हुन सकेको छैन। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ र ६ को सीमाना सैन्देउ नजिक सुर्नया नदीको किनारमा आन्दाजी २६ वर्षीय युवकको शव फेला परेको थियो। तर आजसम्म मृतकका आफन्त कोही पनि सम्पर्कमा नआएका प्रहरीले बताएको छ।

रातो हुड, निलो जिन्स पाइन्ट र कालो जुत्ता लगाएका ती युवकको बाँया हातको नाडीमा ‘काली ल्प्उ’ लेखिएको ट्याटु समेत रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। शवको पोष्टमार्टम गरेर जिल्ला अस्पतालमै राखिएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस