सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

२०७८ माघ ११, ०५:१० खबर संवाददाता

धनगढीः  देशभर पछिल्लो २४ घण्टामा १२ हजार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी २५ हजार आठ सय नौ जनाको नमुना परीक्षण गर्दा १२ हजार आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण सो समयमा थप आठ जनाको ज्यान गएको छ। नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ६७ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस