सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यामरुनमा फुटबल प्रशंसकहरूको भीड बन्यो अराजक, किचिएर ८ जनाको मृत्यु

२०७८ माघ ११, ०३:१८ खबर संवाददाता

धनगढीः क्यामरुनमा अफ्रिका कप अफ नेसन्स फुटबल म्याच हेर्न पुगका दर्शकहरूको भीड अराजक बन्दा त्यसमा किचिएर आठ जनाको मृत्यु भएको छ। घटनामा अरू दर्जनौँ घाइते भएका छन्। भिडियोमा राजधानी यउन्डेस्थित पल बिया रंगशालाको प्रवेश द्वारमा चिच्याउँदै फुटबल प्रशंसकहरूको भीडले मान्छे कुल्चिँदै गरेको गरेको देखिन्छ। 

फुटबलका हजारौँ प्रशंसक प्रतियोगिता हेर्न मैदान प्रवेश गर्ने प्रयासमा अराजक बनेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ। घाइते ३८ जनामध्ये सात जनाको अवस्था गम्भीर छ। समाचार एजेन्सी एएफपीका अनुसार मृत्यु हुनेमा एक बच्चा पनि रहेको अधिकारीहरूले बताएका छन्। 

रंगशालाको क्षमता ६० हजार हो। तर, कोभिड प्रतिबन्धका कारण सोमबारको खेलका लागि ८० प्रतिशतभन्दा बढी भर्न नपाइने थियो । तर, करिब ५० हजार मानिस खेल हेर्नका लागि मैदान छिर्न खोजेका थिए। 

कमेन्ट लोड गर्नुस