सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नं १ : एक हजार २८३ मा सङ्क्रमण

२०७८ माघ १०, ०७:११ रासस

विराटनगर: पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा एक हजार २८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमा एक हजार ४९२ जनाको पिसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा कोरोना सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा ३६७, सुनसरीमा २४२, झापामा १६८, धनकुटामा सात, उदयपुरमा छ, इलाममा चार, खोटाङमा तीन, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ४५ जनामा सङ्क्रमण देखिएको हो।

स्थानीय पालिका अनुसार सबै भन्दा बढी विराटनगर महानगरपालिकामा २७६, सुनसरीको धरानमा १२१, इटहरी उपमहानगपालिका ७६, मोरङको बेलबारीमा ३६, झापाको विर्तामोडमा ३१, दमक नगरपालिकामा ३७ र कन्काई नगरपालिकामा २० सहित प्रदेशको ५७ वटा पालिकामा सङ्क्रमित देखिएका छन्।

प्रदेशमा आजै १०७ महिलासहित २४३ जना कोरोना सङ्क्रणमुक्त भएका छन् भने एक महिलासहित तीन जनाको मृत्यु भएको र छ हजार ४५४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस