सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाले राष्ट्रिय महिला लिग रोकियो

२०७८ माघ १०, ०१:४० खबर संवाददाता

धनगढीः कोरोना भाइरसको जोखिम बढेपछि राष्ट्रिय महिला लिग स्थगित भएको छ। माघ १५ देखि शुरु हुने भनिएको लिग कोरोनाका कारण अनिश्चितकालका लागि स्थगित गरिएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सूचना सार्वजनिक गर्दै अर्को सूचना जारी नभएसम्मका लागि लिग स्थगित भएको जनाएको छ। यही १५ गतेदेखि हुने तय भएको लिगमा विभागीय ३ र ५ स्थानीय तहसहित ८ टोली खेल्ने तय भएको थियो।

कमेन्ट लोड गर्नुस