सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओमिक्रोनपछि विश्व कोरोनामुक्त हुने विश्व स्वास्थ्य संगठनको दाबी

२०७८ माघ १०, १२:१२ खबर संवाददाता

धनगढीः कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनले नै कोरोना महामारीको अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वास लिएको छ। ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र यसले महामारीलाई शिथिल बनाउने भन्दै छिट्टै महामारी अन्त्य हुने संगठनका निर्देशक हान्स क्लुगले बताएका हुन्।

‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यतर्फ लग्दैछ,’ क्लुगले भने। मार्चसम्म ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको अनुमान छ। सम्पूर्ण युरोप र विश्वलाई नै ढाकेको ओमिक्रोन केही महिनापछि शान्त हुने अनुमान विशेषज्ञहरुले गरेका हुन्। उनले भने ‘तर, यो वर्षको अन्त्यसम्ममा विश्वले महामारीबाट मुक्ति पाउने छ,’ उनले भने।

खोपका कारण विश्वव्यापी रुपमा मानिसको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताएका छन्। उता अमेरिकाका संक्रामक रोग विज्ञ एन्थोनी फाउसीले पनि कोभिड संक्रमण बिस्तारै विश्वबाट घट्दै जाने विश्वास लिएका छन्। स्वयम् अमेरिकामा पनि यो संक्रमण घट्दो क्रममा छ।

कमेन्ट लोड गर्नुस