सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बुस्टर डोज दिन सुरू

२०७८ माघ ९, ०८:३५ खबर संवाददाता

बैतडी : बैतडीमा पनि कोरोना भाइरस विरूद्धको तेस्रो मात्रा बुस्टर डोज दिन सुरू गरिएको छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, कर्मचारीलगायत अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज दिन सुरु गरिएको हो।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका लक्षित समूह र पहिलो खोपको दुइवटा जुन मात्रा लगाएको छ तेस्रो मात्रा पनि सोही खोप दिइनेछ। बुस्टर डोज सम्बन्धित पालिकाको प्रत्येक स्वास्थ्य केन्द्रमा लगाउन सकिने बताइएको छ।

कमेन्ट लोड गर्नुस