सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकैदिन १२ हजार ३३८ जनामा कोरोना संक्रमण

२०७८ माघ ६, ०५:३६ खबर संवाददाता

काठमाडौं: पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमूनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ६४९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको संख्या भने ५७ हजार ३२८ पुगेको छ।

कमेन्ट लोड गर्नुस