सुदूर नेपाललाई विश्वसँग जोड्दै

जनशक्ति नभएपछि बैतडीमा थन्कियो भेन्टिलेटर

२०७८ माघ ६, १२:०३ खबर संवाददाता

बैतडी:  जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटर हालसम्म सञ्चालनमा आएको छैन। गत वर्ष जडान भएको भेन्टिलेटरसहितको आईसियू सञ्चालनमा आउन नसकेको हो।दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए। 

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा जडान भएको भेन्टिलेटरसहितको दुई शैयाको आईसीयू कक्ष सञ्चालनमा आउन नसकेको हो। कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आईसीयू कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको  अस्पतालका प्रमुख डा. जोशीले बताए। 
 

कमेन्ट लोड गर्नुस