सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी क्रिकेट संघको अध्यक्षमा चन्द

२०७८ माघ ५, ०६:१६ खबर संवाददाता

बैतडीः बैतडी जिल्ला क्रिकेटको संघको अध्यक्षमा विनोदबहादुर चन्द निर्विरोध चयन भएका छन्। गोठलापानीमा बुधबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले चन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

संघका उपाध्यक्षमा लोकराज जोशी, सचिवमा सिद्धराज बोगटी, कोषाध्यक्षमा शेरसिंह खत्री लगायत अन्य सदस्य चयन भएका छन्। आगामी ४ वर्षका लागि संघको नयाँ कार्यसमिति चयन भएको र यो कार्यसमितिले क्रिकेटको विकासका लागि पहल गर्ने अध्यक्ष चन्दले बताए।
 

कमेन्ट लोड गर्नुस