सरकारले घटायो पीसीआर परीक्षण शुल्क
काठमाडौँ : सरकारले कोभिड-१९ परीक्षणकाे नयाँ शुल्क तोकेको छ। अब निजी अस्पतालमा पिसीआर परीक्षण गर्दा १५०० रुपैयाँ लाग्ने भएको छ। भने सरकारी ल्याबमा कोरोना परीक्षण गर्दा ८०० रुपैयाँ शुल्क तोकिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ।
यद्यपि सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको भने निःशुल्क परीक्षण हुनेछ मन्त्रालयले उल्लेख गरको छ। यसअघि सरकारीमा पिसीआर परीक्षण शुल्क एक हजार थियो। यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क दुई हजार थियो।