सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा २१९३ सक्रिय संक्रमित, १६२ जना मात्रै अस्पतालमा

२०७८ माघ ५, ०८:०० विन्दु चन्द

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई हजार एक सय नाघेको छ। स्वास्थ्य निर्देशनालय डोटीले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या दुई हजार १९३ पुगेको हो। जसमा सबैभन्दा बढी कैलालीका एक्टिभ केस छन्। जिल्लामा एक हजार ३५३ सक्रिय संक्रमित रहेका छन्।

यस्तै कञ्चनपुरमा ५ सय ५५, डोटीमा ४९, बैतडीमा ३२, बाजुरामा ६१, डडेल्धुरा ३४, दार्चुला १२, बझाङमा ३४ र अछाममा ३७ जना संक्रिय संक्रमित रहेका छन्। यीमध्ये २ सय २९ जना मात्रै संस्थागत आइसोलेसनमा र १६२ जना अस्पतालहरुमा रहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ। ५ जनाको आइसियू र दुई जनाको भेन्टिलेटरमा राखेर  उपचार भइरहेको छ। 

प्रदेशमा पुसको अन्तिम सातादेखि निरन्तर रुपमस कोरोना भाइरसको ग्राफ उकालो लाग्दै आएको छ। दैनिक तीनदेखि चार सय जना संक्रमित थपिएका छन्।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस