बैतडीमा युवक हत्या प्रकरणः थप एक जना प्रहरी नियन्त्रणमा
बैतडीः बैतडीको सुर्नया गाउँपालिका-६ का ३० वर्षीय डम्मर अवस्थीको हत्या प्रकरणमा थप एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनकै गाउँका नवराज अवस्थीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
उनलाई घटनाका बिषयमा सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यसअघि डम्मरको हत्या आरोपमा सोही ठाउँका हरिश अवस्थीलाइ प्रहरीले पक्राउ गरेको थियो। उनले डम्मरको हत्या गरेको स्वीकार गरेको बताइएको छ। यता डम्मरका परिवारजनले भने हत्यामा संलग्न सबैको पहिचान गरी कानुनी दायरमा नल्याउँदा सम्म शव नबुझ्ने अडान लिएका छन्। यस्तै उनीहरुले क्षतिपूर्तीको समेत माग गरेका छन् । डम्मरको शव पोष्टमार्टम पछि जिल्ला अस्पतालमै राखिएको छ।
गएको बुधबार घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा डम्मरको शव गाडेको अवस्थामा फेला परेको थियो।