सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप ४ हजार ५ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७८ माघ १, ०५:०० खबर संवाददाता

धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी १४ हजार ५ सय ५६ जनाको परीक्षण गरिएकोमा ४ हजार ६ सय ३६ जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज थप ४ जनाको ज्यान गएको छ।

गएको २४ घण्टामा ३ सय ५० जना निको भएर घर फर्किएका छन्। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १७ जना पुगेको छ । नेपालमा २१ हजार ५ सय ८४ जना कोरोना भइरसका सक्रिय सङक्रमित रहेका छन्। यस्तै गएको २४ घण्टामा ४ लाख ३५ हजार १ सय ९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।


 

कमेन्ट लोड गर्नुस