AP-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

AP-Logo-Ad
२०७८ माघ ११, मङ्गलवार ०९:४७
Jan 25 2022, Tuesday
09:47:10 PM

कञ्चनपुरमा एकै दिन कोरोनाबाट १२८ सङ्क्रमित

विज्ञापन
फाइल फोटो
फाइल फोटो
खवर संवाददाता
२०७८ पुष ३० ०४:३२
अ+

कञ्चनपुरः कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ। कोरोना सङ्क्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन्। स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १०५ र अन्य गरी जम्मा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० र पिसीआर परीक्षणबाट आठ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो।

भीमदत्त नगरपालिकाका १२, दोधोरा चाँदनी नगरपालिकाका दुई, बेदकोट नगरपालिकाका दुई, बेलौरी नगरपालिकाका एक, शुक्लाफाँटा नगरपालिकाका तीन, पुनर्वास नगरपालिकाका दुई, कृष्णपुर नगरपालिकाका एक र गड्डाचौकी हुँदै भारतबाट फर्केका १०५ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए। एक हप्ताको अवधिमै यहाँ कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ५५८ पुगेको छ। 

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad