प्रदेश १ मा २९२ जनामा कोरोना सङ्क्रमण
विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९२ जनामा कोरोना सङ्क्रमण भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ५७४ जनाको पीसीआर परीक्षण गर्दा २५० र ३०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण भएको पुष्टि गरेको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ६७, झापामा ३३, उदयपुरमा दुई, धनकुटा, सङ्खुवासभा, इलाम, पाँचथर र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण भएको हो।
मोरङको विराटनगरमा ११४, सुन्दरहरैँचामा चार, पथरीशनिश्चरे, बुढीगङ्गा र कटहरीमा दुई÷दुई, रतुवामाई, कानेपोखरी, धनपालथान, सुनवर्षी, ग्रामथान, उर्लाबारी र लेटाङ, बेलबारीमा एक÷एक, सुनसरीको धरानमा ४३, इटहरीमा १७, इनरुवामा तीन, दुहवी र देवानगञ्जमा दुई÷दुई, झापाको विर्तामोडमा नौ, भद्रपुरमा सात, दमक र मेचीनगरमा चार÷चार, अर्जुनधारा र शिवसताक्षीमा दुई÷दुई, बुद्धशान्ति, कचनकवल, बाह्रदशी, हल्दिबारी र कनकाईमा एक÷एक, उदयपुरको त्रियुगा र कटारीमा एक÷एक, धनकुटाको धनकुटा नगरपालिका, सङ्खुवासभाको पाँचखपन, इलामको चुलाचुली, पाँचथरको मिक्लाजुङ र भोजपुरको षडानन्दमा एक÷एक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण भएको हो।
प्रदेशमा आज चार महिलासहित आठ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ। यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ८३८ रहेको मन्त्रालयले जनाएको छ।