सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले कञ्चनपुरको अध्यक्षमा बिष्ट विजयी, पदाधिकारीमा को-को जिते ?

२०७८ पुष २८, ०८:५१ खबर संवाददाता

धनगढी : नेकपा एमाले कंचनपुरको अध्यक्षमा सुरेन्द्र बिष्ट विजयी भएका छन्। वीरबहादुर थापालाई ९८ मतले पराजित गर्दै बिष्ट विजयी भएका हुन्। बिष्टले २८१ मत पाए भने थापाले १८३ मत पाए। यस्तै उपाध्यक्षमा लक्ष्मी बुढा विजयी भएकी छन्।

उनले २५४ मत पाइन् भने उनका प्रतिद्वन्दी महेशप्रसाद पन्तले २०५ मत पाए। सचिवमा पल्लबराज भट्ट २३३ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्दी अशोक चन्दले २२६ मत पाए। उपसचिवमा कर्णबहादुर चन्द ३४७ र फैरु तामाङ २९६ मत ल्याएर विजयी भएका छन्।

कमेन्ट लोड गर्नुस